२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बार्सिलोनाको अपराजित यात्रा टुंगियो

एएफपी

म्याड्रिड — स्पेनिस ला लिगा अन्तर्गत आइतबार लेभान्तेसँग ५–४ को हारसँगै बार्सिलोनाको  अपराजित यात्रा टुंगिएको छ । लिगको इतिहासमा अपराजित रहँदै उपाधि नजिक पुगेको बार्सिलोना सफल हुन सकेन ।

बार्सिलोनाको अपराजित यात्रा टुंगियो

घरेलु टोली लेभान्तेका लागि एम्यानुएल बोटेङको ह्याट्रिक र एनिस बार्ढिले दुई गोल गरेपछि एक समय ५–१ को अग्रता कायम गरेको थियो ‌। बार्सिलोनाबाट फिलिप कोउटिन्होले ह्याट्रिक गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे ।


लुइस सुआरेजले ७१ अौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अन्तर १ गोलमा झारे । तर थप गोल गर्न नसक्दा बार्सिलोना लिगको पहिलो हार बेहोर्न बाध्य भयो । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले लियोनेल मेस्सीलाई विश्राम दिने निर्णय गलत सावित भयो ।

प्रकाशित : वैशाख ३१, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?