३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

युभेन्टसले जित्यो सिरी ए उपाधि

एएफपी

मिलान — युभेन्ट्सले आइतबार राति लगातार सातौं पल्ट इटालीको सिरी ए उपाधि जितेको छ । यसले दश खेलाडीमा सीमित रोमालाई गोलरहित बराबरीमा रोकेपछि यो उपलब्धी हात पारेको हो । 

युभेन्टसले जित्यो सिरी ए उपाधि

अर्को खेलमा दोस्रो स्थानमा रहेको नेपोलीले साम्पडोरियालाई २–० ले हराएपनि त्यो युभेन्ट्सलाई रोक्न पर्याप्त रहेन् । टुरिन क्लबले लिग उपाधि जितेको यो कीर्तिमान ३४ औं पल्ट हो ।

युभेन्ट्सले यसअघि इटालियन कप पनि जितेको थियो । प्रशिक्षकमा मासिमिलिनो एलेग्रे आएयता युभेन्टसले लगातार चौथो पल्ट लिग र कप दुवै जितेको छ ।

लिग तालिकामा एक चरणको खेल बाँकी छँदा युभेन्ट्सको ९२ अंक छ भने नेपोली चार अंकको दूरीमा छ ।

प्रकाशित : वैशाख ३१, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?