३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मनाङ सेमिफाइनलमा

उदयपुर — मनाङ मस्र्याङ्दी क्लब पाँचौं उदययपुर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार घरेलु टोली उदयपुर–११ लाई १–० ले पराजित गर्दै मनाङले सेमिफाइल यात्रा तय गरेको हो ।

मनाङ सेमिफाइनलमा

थारुहट रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ८३ औं मिनेटमा मनाङका विमल रानाले गरेको गोल नै निर्णायक भयो ।

खेलको म्यान अफ द म्याच उदयपुर ११ का गोलरक्षक रेम्बो चौधरी घोषित भए । उनले ७ हजार रुपैयाँ प्राप्त गरे । सोमबार थ्रीस्टार क्लब काठमाडाैं र मोरङ ११ ले प्रतिस्पर्धा गर्दैछन् । ८ टिमले सहभागिता जनाएको प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ ।

प्रकाशित : वैशाख ३१, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?