लिभरपुल च्याम्पियन्स लिगमा

सिटीको शतक
एएफपी

लन्डन — लिभरपुल फरवार्ड मोहमद सलाहको सुरुआती गोलसँगै इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार लिभरपुलले ब्राइटनलाई ४–० ले पराजित गर्न सफल भएसँगै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ ।

लिभरपुल च्याम्पियन्स लिगमा

यस जितसँगै लिभरपुल चौथो स्थानमा रहने पक्का भएको हो । प्रिमियर लिगमा २० टोली प्रतिस्पर्धा गरेदेखि इतिहासमा एकै सिजनमा सर्वाधिक गोल गर्ने रेकर्ड पनि सलाहको नाममा रह्यो ।

उनले जारी सिजनमा लिग गोल संख्या ३२ पुर्‍याए । उनलाई पछ्याइरहेका टोटेनहमका ह्यारी केनले पनि अन्तिम दिन लेस्टरलाई ५–४ ले पराजित गर्दा दुई गोल गर्दै गोल संख्या ३० बनाए । म्यानचेस्टर सिटीका ग्याब्रियल जेससले साउथह्याम्पटनविरुद्ध खेलको अन्तिम समयमा गोल गर्दै टोलीलाई १–० को जित दिलाए ।

यस जितसँगै सिटीले प्रिमियर लिग इतिहासमै पहिलो पटक १ सय अंकको कोसेढुंगा भेटेको छ । च्याम्पियन्स लिग स्थान पछ्याएको चेल्सी न्युकासल युनाइटेडसँग ३–० को हार बेहोर्दै पाँचाैं स्थानमा सीमित भयो । चेल्सीसँगै अर्को सिजन युरोप लिग खेल्ने आर्सनलले भने हडर्सफिल्डलाई १–० ले हरायो ।


स्टोक सिटीसँग २–१ ले पराजित हुँदै स्वान्सी सिटीको प्रिमियर लिग यात्रामा पनि पूर्णविराम लाग्यो । बर्नमाउथले बर्नलीलाई २–१ ले हराउँदा क्रिस्टल प्यालेसले वेस्ट ब्रुमलाई २–० ले पाखा लगायो । वेस्ट ह्यामले एभरटनलाई ३–१ तथा म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई १–० ले हराए ।

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टे

प्रकाशित : वैशाख ३१, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?