स्पोर्ट्स अवार्डसँग सगरमाथा

काठमाडौँ — पल्सर स्पोर्ट्स अवार्ड २०७४ मा घोराही सिमेन्ट इन्डस्ट्रीको उत्पादन सगरमाथा सिमेन्ट पनि जोडिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अवार्डका लागि घोराही सिमेन्टसँग सहप्रायोजन सम्झौता आइतबार गर्‍यो ।

स्पोर्ट्स अवार्डसँग सगरमाथा

सम्झौताअनुसार अवार्डका लागि मञ्चलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने घोराही सिमेन्टका बजार प्रबन्धक प्रतीक अधिकारीले बताए । ‘यसपालि प्रवेश गरेका छौं । अर्को वर्ष अझ ठूलो सहयोग गर्न सक्छौं,’ उनले भने । हंसराज हुलासचन्द एन्ड कम्पनीको मुख्य प्रायोजनमा पल्सर स्पोर्ट्स अवार्ड २०७४ बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा हुँदैछ ।

नेपाली खेलकुदकै सर्वाधिक प्रतिष्ठित अवार्डका रूपमा स्थापित पल्सर स्पोर्ट्स अवार्डमा आठ विधामा खेलाडी, प्रशिक्षक र खेल सम्बन्धित व्यक्ति वा संस्थालाई सम्मानित गरिनेछ । २०७४ सालमा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधामा ५–५ जनाको मनोनयन सोमबार सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।

एसएमएस, फेसबुक लाइक्ससँगै प्रशिक्षक र पत्रकारहरूको मतका आधारमा विजेताको निर्णय गरिने पिपुल्स च्वाइस अवार्डको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । त्यसमा फुटबलका किरण चेम्जोङ, क्रिकेटका सन्दीप लामिछाने, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मानबहादुर श्रेष्ठ छन् । पारा एथलिट, स्पेसल र लाइफटाइम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रमकै अवसरमा गरिनेछ ।

वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँसँगै अन्य उपहार हात पार्नेछन् ।

प्रकाशित : वैशाख ३१, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?