कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

थ्रीस्टार सेमिफाइनलमा

उदयपुर — थ्रीस्टार क्लबले पाँचौं रमपम उदयपुर गोल्डकप फुटबलमा मोरङ–११ लाई ४–१ ले हराउँदै सेमिफाइनल सुरक्षित गरेको छ । सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालमा सोमबार थ्रीस्टारलाई जिताउँदा अजायी मार्टिनले दुई गोल गरेका थिए ।

थ्रीस्टार सेमिफाइनलमा

थ्रीस्टारले झापा र रूपन्देही ११ बीचको विजेतासँग बुधबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सुरुदेखि नै विपक्षीलाई दबाबमा राखेको थ्रीस्टारका लागि मार्टिनले ३३ औं र दोस्रो हाफको १३ औं मिनेटमा गोल गरे । दोस्रो हाफको ३७ औं मिनेटमा अनन्त तामाङ र ४२ औ मिनेटमा रूपेश केसीले १–१ गोल थपेपछि थ्रीस्टारको जित फराकिलो बन्यो ।

मोरङले आधा दर्जनभन्दा बढी अवसर गुमायो । मोरङका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न सकेनन् । मोरङका लागि यमवालाले गरेको एक गोल सान्त्वनामा परिणत भयो । म्यान अफ द म्याच थ्रीटारका मार्टिन भए । उनले ७ हजार रुपैयाँ पाए । थ्रीस्टार उदयपुर गोल्डकपको पहिलो र दोस्रो संस्कणको विजेता हो । मोरङ तेस्रो संस्करणमा अफ्रिकन युनाइटेडसँग फाइनलमा हारेको थियो ।

मंगलबार नेपाल पुलिस क्लब र सुनसरी ११ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ १, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?