३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

विभागीय दबदबा

रोल्पा — सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
दुवैतर्फ तीनै विभागीय टोली (त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लब) सहित प्रदेश ४ र प्रदेश ५ सेमिफाइनल पुगेका छन् । प्रदेश ४ महिला र ५ पुरुषतर्फ अन्तिम चार पुगेका हुन् ।

विभागीय दबदबा

सोमबार पुरुषतर्फ अन्तिम लिग खेल हेर्न दर्शकको बाक्लो उपस्थिति थियो । दर्शकको तालीसँगै हौसिदै मैदान छिरेका घरेलु टोली प्रदेश ५ एपीएफविरुद्ध आक्रामक प्रस्तुत रह्यो । दर्शकको समर्थन पाएको घरेलु टोली अन्तत: एपीएफसामु टिक्न सकेन ।

खेल ५ सेटमा टुंगिनुअघि चाखलाग्दो बनेको थियो । एपीएफ २१–२५, २५–१४, २३–२५, २५–२२, १५–८ ले विजयी भयो ।

त्रिभुवन आर्मीले प्रदेश २ लाई २५–११, २३–२५, २५–१०, २५–१६ ले हराएर अन्तिम चार तय गरेको हो । प्रदेश ४ ले प्रदेश १ विरुद्ध २५–१६, २६–२४, २५–१६ को सोझो सेटमा विजय पाउँदा पुलिस क्लबले प्रदेश ६ लाई २५–१४, २५–१९, २५–१७ ले हराएको थियो ।

मंगलबार आर्मी र प्रदेश ४ तथा दुई पुलिस एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछन् ।

महिलातर्फ उपाधि दाबेदार एपीएफ क्लबले प्रदेश ६ लाई २५–२, २५–१२, २५–१३ ले सजिलै हराएको थियो । जेठो विभागीय टिम नेपाल पुलिसले प्रदेश १ को यात्रा ३–० को सोझो सेटमा पूर्णविराम लगायो । पुलिसले प्रदेश १ लाई २५–१२,२५–६, २५–११ को सेटमा हरायो ।

आर्मीले प्रदेश २ लाई २५–९, २५–९, २५–८ को सेटमा हराउँदै सेमिफाइनलमा पुलिससँगको भेट पक्का गरेको छ । प्रदेश ५ ले प्रदेश ३ लाई २५–१०, २५–१३, २५–६ को सोझो सेटमा हराउँदै अन्तिम चारमा एपीएफसँगको भेट पक्का गरेको हो ।

प्रकाशित : जेष्ठ १, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?