सभामुख कप भलिबल : आर्मी र पुलिस भिड्ने

काशीराम डाँगी

रोल्पा — रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा पुरुषतर्फ त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् । 

सभामुख कप भलिबल : आर्मी र पुलिस भिड्ने

मंगलबार लिवाङमा भएको खेलमा आर्मीले प्रदेश ४ र पुलिसले एपीएफ क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । महिलातर्फ एपीएफ र नेपाल पुलिस क्लबको टोली फाइनल पुगेका छन् ।


दर्शकको खचाखच उपस्थितिमा त्रिभुवन आर्मीले प्रदेश ४ माथि २७–२५, २५–२०, २५–२१ अंकको सेटमा हराएको थियो । पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफलाई पन्छाउँदा २५–१६, २५–१६, २४–२६, २५–२१ को नतिजा निकाल्यो ।


महिलातर्फ एपीएफले घरेलु टोली प्रदेश ५ लाई २५–६, २५–८, २५–१३ को सेटमा हराउँदै उपाधिमाथि बलियो दाबदारी देखाएको छ । पुलिसले भने सशक्त मानिएको त्रिभुवन आर्मी क्लबको टोलीलाई २५–२०, २५–१७, २५–१० को सोझो सेटले पराजित गरेको थियो ।

प्रकाशित : जेष्ठ १, २०७५ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?