सुनसरीसँग पुलिस स्तब्ध

उदयपु — दमक गोल्डकप विजेता नेपाल पुलिस क्लब गाईघाटमा भइरहेको पाँचौं रमपम उदयपुर गोल्डकप फुटबलबाट बाहिरिएको छ । मंगलबार चौथो क्वाटरफाइनलको टाइब्रेकरमा सुनसरी ११ ले विभागीय टोली नेपाल पुलिसलाई ३–२ ले स्तब्ध पारेको हो ।

सुनसरीसँग पुलिस स्तब्ध

निर्धारित समयको खेल दुवैले ३–३ गोलको बराबरी खेले । अतिरिक्त समय गोलरहित बर भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । निर्धारित समयमा सुनसरीका रोमन लिम्बू, सौजन याख्या र तीर्थ बस्नेतले गोल गरेका थिए । पुलिसका लागि अभिषेक रिजाल, राम वाई र विक्रम धिमालले गोल गरे । टाइब्रेकरमा सुनसरीका रोमन लिम्बू, बुद्धिमान राई, निशान लिम्बूको पेनाल्टी गोलमा परिणत भयो । पुलिसका अभिषेक रिजाल र रेजिन सुब्बाले मात्र गोल गर्न सके । अन्य खेलाडीको गोल विपक्षी सुनसरीका गोलरक्षकले बचाएका थिए ।


म्याच अफ द म्यान सुनसरीका कप्तान विनय श्रेष्ठ भए । उनलाई बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा र त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरीले ७ हजार रुपैयाँ पुरस्कार पाए । बुधबार पहिलो सेमिफाइनलमा झापा ११ र थ्रीस्टार क्लबबी प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ २, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?