१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव हुने

हरिहरसिंह राठौर

धादिङ — पर्यटन प्रवद्र्धनका लागी नेपाल क्यानोनिङ एसोसियसनले यही  जेठ २५ र २६ गते क्यानोनिङ महोत्सव आयोजना गर्ने भएको छ । एसोसियसनले धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झर्नामा क्यानोनिङ महोत्सव गर्न लागेको हो ।

धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव हुने

महोत्सवलाई नै लक्षित गरेर एसोसियसनले ५ दिनको क्यानोनिङ गाइड तालिम समेत सञ्चालन गर्न लागेको छ । तालिम जेठ २० गतेदेखी सुरु हुने आयोजकले जानकारी दिएको छ । प्रत्येक वर्ष क्यानोनिङ महोत्सव आयोजना गर्दै आएको यस एसोसियसनले यस वर्ष धादिङको थाँक्रेमा महोत्सव आयोजना गर्न लागेको हो ।

यसअघि सन् २०१३ देखि २०१७ सम्म प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थानापाती र ककनीमा महोत्सव आयोजना गरिएको थियो ।

वार्षिक कार्यक्रम अनुुसार यस वर्ष महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रि्रय क्यानोन, पर्यटन व्यवसायी लगायतको सहभागीता रहनेछ । पाँचसयभन्दा बढी व्यक्ति महोत्सवमा सहभागी हुने दाबी संस्थाको छ । एसोसियसनले सन् २०११ मा पहिलोपटक क्यानोनिङ महोत्सव आयोजना गरेको थियो ।

धादिङको पृथ्वीराजमार्ग संग जोडिएका विभिन्न छहरा र झरनामा स्थानीय रिसोर्ट व्यवसायीहरुले पनि आन्तरिक र विदेशी पर्यटकलाई मनोरन्जनका लागी क्यानोनिङ्गको प्रतियोगिता गर्दै आइरहेको जोगीमारास्थित रोयलबीच क्याम्पका संचालक विष्णुहरि सिलवालले बताए ।


प्रकाशित : जेष्ठ ४, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?