१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पुम्सेमा मिश्रित सफलता

काठमाडौँ — दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यारोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपमा शनिबार पुम्से टिम र पेयरमा नेपाली टोली च्याम्पियन भएको छ ।

पुम्सेमा मिश्रित सफलता

सिंगल्सतर्फ दक्षिण कोरियाले सफलता पायो ।टिम पुम्सेमा नेपालका स्युचाटार डोजाङले ३ स्वर्ण र ३ कांस्य, नेपालकै जेसिस स्कुलले १ स्वर्ण र १ रजत तथा सीतापाइला डोजाङले १ स्वर्ण र २ कांस्य पदक जित्दै क्रमश: पहिलो, दोस्रो र तेस्रो भए । टिम पुम्सेका पुरुषतर्फ स्युचाटारका राम गोले, लक्ष्मण गोले र अस्मिन राउतको टिम तथा महिलामा अस्ट्रेलियाका होली स्वाइन, सार्भिका रायना र कातिन्का पेनकेथसम्मिलित टिम उत्कृष्ट भए ।

सिंगल्स पुम्सेमा भने दक्षिण कोरिया ३ स्वर्ण र १ कांस्यसहित पहिलो भयो । दोस्रो भएको मलेसियाले ३ स्वर्ण जित्यो भने नेपालको जेसिस स्कुल १ स्वर्ण, १ रजत र १ कांस्यसहित तेस्रो भयो । सिंगल्सको पुरुषतर्फ मलेसियाका अगस्टिन रुडी र महिलामा दक्षिण कोरियाकी जस्मिन बोसुक होङ उत्कृष्ट खेलाडी चुनिए । पेयर पुम्सेमा नेपालको स्युचाटार डोजाङले १ स्वर्ण र १ कांस्य, भारतले १ स्वर्ण र १ कांस्य तथा नेपालकै कोटेश्वर डोजाङले १ स्वर्णसहित क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । पेयरमा भारतका दोवासिस दास र विजिता गोस्वामीको जोडी उत्कृष्ट भए । फाइटतर्फ जुनियर ५१ केजीमुनि नेपालका विकास श्रेष्ठले मुकेश लुइँटेललाई हराएर स्वर्ण जिते । नेपालकै शोएब अख्तर र दीपेश खत्रीले कांस्य जिते । ४८ केजीमुनि नेपालका प्रज्वल तामाङले भारतका चन्दनलाई हराएर स्वर्ण जिते । नेपालका साधु प्रजा र अरुण तामाङले कांस्य जितेका थिए ।

क्याडेटतर्फ महिलामा २५ केजीमुनि नेपालकी पुष्पा वादीले करुणा ढुंगानालाई हराएर स्वर्ण जितिन् । परिसा कुँवर र योजिना सुइथानीले कांस्य तथा २३ केजीमुनि अस्ट्ेरलियाकी सार्भिका रायानाले नेपालकी मेलिना पगामीलाई हराएर स्वर्ण जितिन् । भारतकी तनुस्का सिंह र नेपालकी कृष्णा थापा कांस्य जित्न सफल भए । १३ राष्ट्रले भाग लिएको प्रतियोगितामा आइतबार अन्तिम दिन फाइटको खेल हुने संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी गराए ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?