कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खगेन्द्र र नीरकला च्याम्पियन

रसुवा — आर्मीका खगेन्द्र भाटले शनिबार तेस्रो टान लाङटाङ म्याराथन दौडको उपाधि जितेका छन् । उनले ३ घण्टा ४९ मिनेट २७ सेकेन्डमा दूरी पार गरेका थिए ।

खगेन्द्र र नीरकला च्याम्पियन

४ घण्टा ६ मिनेट १८ सेकेन्डमा लगाएका आर्मीकै भरत खत्री दोस्रो भए । ४ घण्टा ७ मिनेट ५८ सेकेन्डबाट आर्मीका सुवास कार्की तेस्रो भए ।

महिलातर्फ नीरकला कुलुङ राईले ४ घण्टा ५७ मिनेट १३ सेकेन्डमा म्याराथन दूरी पार गरेर उपाधि जितिन् । ५ घण्टा २६ मिनेट १९ सेकेन्डबाट पूर्णिमाया राई दोस्रो भएकी छन् । आर्मीकी सरती बासीले ५ घण्टा ५२ मिनेट २० सेकेन्डबाट तेस्रो भइन् । लाङटाङको क्यान्जिङ भ्यालीबाट सुरु म्याराथन लाङटाङगाउँ, थाङस्याप, घोडातबेला, लामा होटल, रिम्चे, शेर्पागाउँ, खाम्जिङ, वृद्धिम, लिङलिङ हुँदै स्याफ्रुबेसी पुगेर टुंगिएको थियो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले ०७२ सालको महाभूकम्प क्षति गरेको लाङटाङ क्षेत्रको पदमार्गलाई मर्मत तथा सुधार, होटल तथा घरहरूको पुनर्निर्माण भएसँगै सुरक्षित छ भन्ने सन्देश फैलाउन तीन वर्षदेखि म्याराथन आयोजना गर्दै आएको टानका अध्यक्ष नवराज दाहालले बताए ।
महिला र पुरुष दुवैका विजेताले १ लाख ५ हजार, दोस्रोले ७८ हजार ७ सय ५० र तेस्रो हुनेले ५२ हजार ५ सय रुपैयाँ पुरस्कार पाएका थिए ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?