कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चेल्सीले जित्यो एफए कप

एएफपी

लन्डन — चेल्सीले शनिबार राति एफए कप जितेको छ । वेम्लीमा भएको फाइनलमा उसले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो ।

चेल्सीले जित्यो एफए कप

एडेन हेजार्डले पेनाल्टीबाट पहिलो हाफमा गरेको गोलले नै खेलको निर्णय गरेको हो ।

उनले २२ औं मिनेटमा गोल गरे । कप उपाधिसँगै चेल्सीले टिमका लागि खराव सिजनको अन्त्य गरेको छ । यो चेल्सीका व्यवस्थापक एन्टोनियो कोन्टेका लागि अन्तिम खेल पनि मानिएको छ ।

गत सिजन चेल्सी फाइनलमा आर्सनलसँग पराजित रहेको थियो । म्यानचेस्टरका लागि यो सिजन खराव रह्यो र यस हारसँगै जोसे मोउरिन्होको टिम यो सिजन उपाधि विहीन रह्यो ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?