२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ग्यारोगीमा नेपाली टोलीको वर्चस्व

काठमाडौँ — दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यारोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको ग्यारोगीअन्तर्गत तीनै विधामा नेपालका टोलीले प्रथम स्थान हासिल गरेका छन् ।

ग्यारोगीमा नेपाली टोलीको वर्चस्व

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सिनियरतर्फ नेपाली राष्ट्रिय टिम ‘बी’ सम्मिलित टोलीले ८ स्वर्ण र १ कांस्यपदक जित्दै शीर्षस्थान हासिल गर्‍यो । नेपाल आर्मी (उपत्यका डिभिजन) ले ३ स्वर्ण, ७ रजत र २ कांस्यपदक जित्दा दोस्रो तथा बंगलादेश १ स्वर्ण, १ रजत र ३ कांस्यसाथ तेस्रो स्थान हात पार्न सफल भए । स्पर्धामा राष्ट्रिय टिम ‘बी’ का रेजिना कार्की र विक्रान्त डंगोल उत्कृष्ट खेलाडी घोषित भए । सिनियरसँगै जुनियर र क्याडेटमा पनि नेपाल च्याम्पियन भयो ।

नेपाल तेक्वान्दो संघको तत्वावधान एवं युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपमा क्याडेटतर्फ नेपालकै युनाइटेड तेक्वान्दो डोजाङले २ स्वर्ण र ४ रजत जित्दै पहिलो भयो । दोस्रो भएको भारतले २ स्वर्ण, १ रजत र ३ कांस्य र तेस्रो स्थानको अस्ट्रेलियाले २ स्वर्ण र २ कांस्यपदक प्राप्त गरे । भारतका लभनेस र महिलामा अस्ट्रेलियाकी कातिन्का पेनकेथ उत्कृष्ट खेलाडी चुनिए ।

जुनियरतर्फ नेपालकै चुनदेवी डोजाङ ३ स्वर्णसहित पहिलो भयो । २ स्वर्ण र १ कांस्यपदक जितेको कोटेश्वर डोजाङ दोस्रो हुँदा आयोजक युनाइटेड १ स्वर्ण र ४ रजतसहित तेस्रो भयो । युनाइटेडका पुजन खड्का र कोटेश्वरकी सुस्मिता तामाङ उत्कृष्ट खेलाडी भए । आयोजक नेपालसहित कुल १३ राष्ट्र सहभागी प्रतियोगितामा २ सय ५० महिला र ३ सय ८३ पुरुष सहभागी थिए । ग्यारोगीतर्फ ४६ तौल समूह तथा पुम्सेतर्फ ३८ इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?