१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शंकरदेवलाई बीबीए कप

काठमाडौँ — शंकरदेव क्याम्पसले मंगलबार केसीएमआईटीलाई ६ रनले पराजित गर्दै युनिभर्सल बीबीए कप टी–२० क्रिकेटको उपाधि जितेको छ ।

शंकरदेवलाई बीबीए कप

शंकरदेवले ५० हजार र उपविजेता केसीएमआईटीले २५ हजार रुपैयाँ पुरस्कार पाए । मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको शंकरदेवले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन जोड्यो । मनीष चालिसेले ३२ तथा रञ्जनकुमार गुप्ताले ३१ रन जोडेपछि शंकरदेवले बलियो योगफल बनायो । केसीएमआईटीका सरोज मण्डलले ४ विकेट लिएका थिए ।


जवाफमा केसीएमआईटीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रनमात्र जोड्न सक्यो । आशिष ठाकुर ६० रनमा नटआउट रहनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । लगातार विकेट गुमाएको केसीएमआईटीबाट आशिषले ४० बलमा ८ चौका र १ छक्का प्रहार गर्दै रनको गति बढाए । उनले नवौं विकेटमा १३ बलमा १७ रन जोडेका अर्जुन पन्तसँग नटआउट ६२ रनको साझेदारी गरे पनि जित दिलाउन भने सकेनन् । शंकरदेवका म्यान अफ द फाइनल राजन ढकालले ३, मनोज विष्ट र सचिन पौडेलले २–२ विकेट लिएका थिए ।


युनिभर्सल कलेजको आयोजनामा सम्पन्न प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित शंकरदेवका सचिनले १० हजार पाए । १५ विकेट लिएका शंकरदेवका राजन उत्कृष्ट बलर तथा १ सय १७ रन जोडेका केसीएमआईटीका राकेश बनेपाली उत्कृष्ट ब्याट्सम्यान भए । दुवैले ५–५ हजार पुरस्कार थापे ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?