कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सागरको शतक

कर्णाली प्रिमियर लिग
कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णाली प्रिमियर लिग (केपीएल) ट्वान्टी–२० क्रिकेटमा मंगलबार त्रिभुवन आर्मी, महाकाली र मध्यपश्चिम क्रिकेट क्लब विजयी भएका छन् ।

सागरको शतक


सुर्खेत रंगशालामा सागर पुनको शतक मदतमा आर्मीले टीकापुरलाई १ सय ७६ रनले हरायो । त्यस्तै महाकालीले भेरीगंगालाई ४ विकेट र मध्यपश्चिमले काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टरलाई ६ विकेटले हराए ।


टस जितेको भेरीगंगाले २० ओभरमा ९ विकेट गुमाई १ सय २२ रन बनायो । भेरीगंगाका तिलक थापाले ३७ र सौगात कार्कीले २४ रन बटुले । महाकालीका पारस केसी र महेन्द्र साउदले २–२, रोबिन क्षेत्रीले १ विकेट लिए । महाकालीले १७.१ ओभरमा ६ विकेट लिएर लक्ष्य पूरा गर्‍यो । महेश साउदले २८ र पारस केसीले २३ रन बनाए । दुवै नटआउट रहे । भेरीगंगाका शिव डाँगी र तिलक थापाले २–२ विकेट लिए । प्लेयर अफ द म्याच महेश साउद भए ।


आर्मीले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाई २ सय २६ रन बनायो । आर्मीका लागि पहिलो शतक बनाउने क्रममा सागर पुनले नटआउट १ सय २ रन बनाए । उनले ६३ बलमा ८ चौका र ६ छक्का प्रहार गरे । राजेश पुलामीमगरले ४६ रन बनाए । उनले ३ चौका र ३ छक्का प्रहार गरे । विनोद भण्डारीले ३० र अनिल मण्डलले २२ रन बनाए । २ सय २७ रनको लक्ष्य पाएको टीकापुरले १५ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो । आर्मीका सुसन भारी र जितेन्द्र मुखियाले ३–३, राजेश पुलामीले २ विकेट लिए । प्रकाश रावल र ललित प्याकुरेलले समान १५ रन बनाए ।


त्यस्तै मध्यपश्चिमले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ६ विकेटले हराएको हो । टस हारेर ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाई १ सय ६ रन बनायो । कप्तान विपिन आचार्यले ४३ रन जोडे । उनले ५० बलमा ४ चौका प्रहार गरे । म्यान अफ द म्याच मध्यपश्चिमका अमरसिंह राउटेला एक्लैले ५ विकेट लिए । जवाफमा मध्यपश्चिमले १३.४ ओभरमा लक्ष्य भेट्टायो । ओपनर राजवीर सिंहले नटआउट ६१ रन बनाए । उनले ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । सिद्धान्तराज शाहीले ३८ रन बटुले । उनले ३० बलमा ७ चौका प्रहार गरे । काठमाडौंका प्रितम थापाले २ र श्याम त्रिपाठीले १ विकेट लिए ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?