कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भलिबल खेलाडी सम्मानित

काठमाडौँ — राष्ट्रिय भलिबल दिवसको अवसर पारेर भक्तपुरको जनप्रेमी स्कुलले ग्रासरुट भलिबल एकेडेमी स्थापना गरेको छ । मंगलबार बिहान एकेडेमीको उद्घाटन गरिएको हो ।

भलिबल खेलाडी सम्मानित

विद्यार्थीलाई भलिबलमा प्रशिक्षण दिएर प्रतिभाशाली खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी खोलिएको जनप्रेमीका प्रिन्सिपल निलेश आचार्यले बताए । उनका अनुसार एकेडेमीमा ४–१० कक्षासम्मका विद्यार्थी प्रशिक्षण लिनेछन् ।


हाल ६० विद्यार्थीले ट्रेनिङमा भाग लिएका छन् । उनले भने, ‘भलिबल राष्ट्रिय खेल भइसकेको छ । नेपालका ७७ जिल्लामा नै खेलिने खेल पनि हो यो । त्यसैले हामीले पनि भविष्यमा राम्रा खेलाडी उत्पादन होस् भनेर नै एकेडेमीको अवधारणा ल्याएका हौं ।’ कार्यक्रममा प्रशिक्षण लिने विद्यार्थीलाई जर्सी र प्रशिक्षकलाई बल प्रदान गरियो ।


विद्यालयले वर्षका उत्कृष्ट भलिबल खेलाडी अशोका देवकोटासहित राष्ट्रिय खेलाडी एपीएफकी सरस्वती चौधरी, पुलिसकी कामना विष्ट, पूर्वखेलाडी पुलिसका सरोज श्रेष्ठ, जनप्रेमी तथा नेपाल पुलिसका भलिबल प्रशिक्षक रूपेश विष्टलाई नगदसहित सम्मान गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?