३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ठूलो अवसर पाएँः सन्दीप

काठमाडौँ — ‘मेरो लागि आईपीएल अविस्मरणीय यात्रा थियो । रमाइलो पनि भयो । धेरै सिक्ने अवसर पाएँ, सिक्ने अवसर पनि थियो । अझै सिक्न बाँकी छ । ठूलो अवसर पाएको थिएँ, त्यसलाई सदुपयोग गरेंजस्तो लाग्छ । मेरा लागि नेपाललाई चिनाउने धेरै राम्रो मौका थियो । आउँदो वर्षमा अरु सबै नेपाली खेलाडीलाई पनि देख्न पाउँ,’ इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै मंगलबार काठमाडौं फर्किएका सन्दीप लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने ।

ठूलो अवसर पाएँः सन्दीप

उनले दिल्लीको अन्तिम ३ खेलमा अवसर पाएका थिए । दिल्लीमा यसअघि नै दुई प्रमुख लेग स्पिनर भएकाले आफूले एकै पटक खेल्ने सम्भावना नरहेकाले मौका हेरेर बस्नुपरेको सुनाउँदै सन्दीपले अवसर पाउँदा देखाइदिएको बताए । उनले ३ खेलमा ५ विकेट लिएका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?