खेलाडी छनोट सुरु

रवीन्द्र उप्रेती

महोत्तरी — काठमाडौंमा हुने दोस्रो प्रधानमन्त्री कप क्रिकेटका लागि प्रदेशस्तरीय खेलाडी छनोट प्रतिस्पर्धा बुधबार जलेश्वरमा सुरु भएको छ । छनोट प्रतियोगिता निर्धारित समयभन्दा दुई साता ढिलो भएको हो ।

खेलाडी छनोट सुरु

छनोटका लागि प्रदेश २ अन्तर्गत ८ वटै जिल्लाका ४९ खेलाडी जलेश्वर पुगेका छन् । पर्साबाट ९, बाराका ६, रौटहटबाट ५, सर्लाही र सिरहाबाट ४–४ तथा सप्तरी, धनुषा र महोत्तरीबाट क्रमश: ६, ७ र ८ खेलाडी सहभागी रहेको जिल्ला क्रिकेट संघ महोत्तरीले जनाएको छ ।

जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशन सिंहका अनुसार सहभागी ४९ मध्येबाट १४ खेलाडी छनोट गरिनेछ । बुधबार पहिलो चरणमा ३५ जना छनोट भए । पहिलो चरणमा बलिङ र ब्याटिङका आधारमा छनोट गरिएको हो । १४ खेलाडी छनोटका लागि भने बिहीबारदेखि खेलका आधारमा गरिने जनाइएको छ । अध्यक्ष सिंहका अनुसार प्रदेश र नगरपालिकाको असहयोगले खर्च अभावका कारण व्यवस्थापन मिलाउन नसक्दा छनोटमा बिलम्व भएको हो ।

छनोट प्रतियोगिताका लागि आवश्यक १ लाख ७० हजारमध्ये राष्ट्रिय खेलकुद परिषदले ७५ हजार सहयोग गरेको थियो । ‘अपुग ९५ हजारका लागि जनकपुरस्थित प्रदेश सरकार र जलेश्वर नगरपालिकालाई लिखित मौखिक आग्रह गरेका थियौं,’ सिंहले भने, ‘तर दुवैले प्रदेशको खेल विकासमा जिम्मेवारी वहन नगर्दा छनोटमा पछि परेका हौं ।’

खेलाडी छनोटका लागि प्रशिक्षक नवीन सिंह र उमेश उपाध्याय जलेश्वर पुगिसकेका छन् । खर्च अभावले व्यवस्थापन मिलाउन समस्या परेको राजीव झाले जनाए ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?