२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रेटिङ बुद्धिचाल शनिबारदेखि

काँकडभिट्टा — नाइट चेस क्लब काँकडभिट्टाको आयोजनामा शनिबारदेखि पीबी थापा स्मृति राष्ट्रिय खुला रेटिङ बुद्धिचाल हुने भएको छ । 

रेटिङ बुद्धिचाल शनिबारदेखि

क्लबले पुराना शिक्षासेवी पीबी थापाको स्मृतिमा प्रतियोगिता गर्न लागेको हो । त्यसका लागि थापा परिवारले टाइटल स्पोन्सरका लागि १ लाख ३० हजार रुपैयाँ उपलव्ध गराएको जनाइएको छ । प्रतियोगितालाई निरन्तरता दिइने अनिता थापाले प्रतिबद्धता जनाएकी छन् ।


नाइट चेस क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । झापाका ८० सहित देशका करिब १ सय २० खेलाडीले प्रतियोगितामा भाग लिनेछन् । चिफ आर्बिटर विजयकुमार थापाले प्रतियोगितालाई राष्ट्रिय भनिए पनि अन्तर्राराष्ट्रिय स्तरको खेल प्रतिस्पर्धा हुने बताए ।


प्रतियोगिता गर्न करिब ११ लाख रुपैयाँ खर्च लाग्न सक्ने आयोजकको अनुमान छ । सचिव सन्तोष आचार्यले जिल्ला बाहिरबाट भाग लिन आउने खेलाडीलाई खाना र यातायातको व्यवस्था उपलब्ध गराइने बताए ।


विजेताले ५० हजार, दोस्रोले ३० हजार तथा तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । मुख्य १५ सहित विभिन्न ३७ विधामा पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७५ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?