कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सन्दीप लामिछाने जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’

काठमाडौँ — युवा क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’ अनुबन्धित भएका छन् । 

सन्दीप लामिछाने जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’

इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका पहिलो नेपाली खेलाडी सन्दीप स्वदेश फर्केलगत्तै जेभियर इन्टरनेसनल कलेजले दुई वर्षका लागि अनुबन्धित गरेको हो । आईपीएलको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि चर्चित भएका सन्दीपलाई काठमाडौंमा जारी ‘कान्तिपुर हिसान शैक्षिक मेला’का क्रममा ‘ब्रान्ड एम्बास्डर’ अनुबन्ध गरिएको जेभियरका प्रमुख कार्यकारी लोकबहादुर भण्डारीले जानकारी दिए ।


भण्डारीका अनुसार क्रिकेटर लामिछानेले सद्‍भावना दूतकारुपमा जेभियर इन्टरनेसनलको स्कुल तथा कलेजको प्रबद्र्धन तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्‍याउनेछन् ।


सन् २००६ मा स्थापना भएको जेभियर इन्टरनेसनलले मन्टेश्वरीदेखि उच्च मावि स्कुल/कलेज सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?