१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

क्रिकेट कप्तानहरू एकैथलोमा सम्मानित

काठमाडौँ — प्रमोदराज–सावित्री पाण्डे स्मृति प्रतिष्ठानबाट शनिबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै कप्तान एकैथलोमा सम्मानित भएका छन् । 

क्रिकेट कप्तानहरू एकैथलोमा सम्मानित

वर्तमान कप्तान पारस खडालाई प्रमोद–पुरुषोत्तम पाण्डे स्मृति सम्मान प्रदान गरिएको थियो । पूर्वकप्तानहरू विनोद दास, परेश लोहनी, राजु खडा, पवन अग्रवाल, लेखबहादुर क्षेत्री र उत्तम कर्माचार्यलाई प्रमोदराज–सावित्री स्मृति सम्मान प्रदान गरियो । सम्भवत: क्रिकेट कप्तानहरू पहिलोपल्ट एकै थलोमा सम्मानित भएका हुन् ।


सोही अवसरमा प्रमोद–पुरुषोत्तम स्मृति खेल पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी विनोद पाण्डे र प्रमोदराज–सावित्री स्मृति साहित्य पुरस्कार प्राज्ञ विवश पोखरेललाई प्रदान गरिएको थियो । दुवै विधाको पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको थियो ।


नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति सरुभक्त, नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डे र प्रतिष्ठानका अध्यक्ष मनीषराज पाण्डेले सम्मानित व्यक्तित्वलाई दोसल्ला, ताम्रपत्रबाट सम्मानित गरेका थिए ।


नेपाल एयरलाइन्सका पूर्व क्याप्टेन प्रमोदराजको २०७० सालमा क्यान्सरबाट निधन भएको थियो । उनका छोरीज्वाईं उपासना र मनीषराजले प्रतिष्ठान स्थापना गरेका थिए । मनीषराज आफैं पनि क्रिकेट खेलाडी हुन् ।


नेपालले सन् १९९६ मा एसीसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेट सुरु गर्दाका सदस्य मनीषराज पहिलो अन्तर्राष्ट्रिय म्यान अफ द म्याच पाउने नेपाली क्रिकेट हुन् ।


प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्वलाई गत वर्षबाट यो सम्मान दिन थालेको हो ।

प्रकाशित : जेष्ठ १२, २०७५ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?