२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

रियललाई च्याम्पियन्स लिग उपाधि

एजेन्सी

किएभ — स्पेनिस क्लब रियल म्याड्रिडले लिभरपुललाई ३–१ ले पराजित गर्दै १३ औं पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

रियललाई च्याम्पियन्स लिग उपाधि

युक्रेनको राजधानी किएभमा भएको फाइनलमा रियलका लागि ग्यारेथ बेलले २ तथा करीम बेन्जेमाले १ गोल गरे । पराजित टोली लिभरपुलका लागि साडियो मानेले एकमात्र गोल फर्काए ।


लिभरपुलका सुपरस्टार मोहमद सलाह आधा घण्टा खेल नबित्दै चोट बोकेर बाहिरीपछि रियललाई केहि सहज भएको थियो । गोलरक्षक लोरिस क्यरियासले बिर्सनलायक प्रदर्शन गरेपछि रियलको जित पक्का भएको थियो । पहिलो गोलमा क्यारियासको गल्तीमा बेन्जेमाले सुरुआती अग्रता दिलाएका थिए । केहि मिनेटमै मानेले खेललाई बराबरीमा ल्याए ।


दोस्रो हाफमा बेलले दुई गोल गर्दै रियलको उपाधि पक्का गरे । रियलले लगातार तेस्रो उपाधि जित्दै नयाँ कीर्तिमान पनि कायम गर्यो ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?