आर्यन र सलोनी विजेता

काठमाडौँ — आर्यन गिरी र सलोनी तामाङ (दुवै तस्बिरमा) शनिबार प्रथम आईएमई/जेटीआई ग्रान्ड जुनियर ओपन टेनिसको यू–१४ सिंगल्समा च्याम्पियन भएका छन् ।

आर्यन र सलोनी विजेता

ब्वाइज फाइनलमा आर्यनले चिराग तिमल्सिनालाई ६–०, ६–० ले र गल्र्सतर्फ सलोनीले रायना शाहलाई ६–२, ६–० को सेटमा हराए ।

यू–८ ब्वाइजमा नुवेन लिम्बू र गल्र्समा शिभाली गुरुङ, यू–९ ब्वाइजमा निशाद जोशी र गल्र्समा समृद्धि महर्जन, यू–१० ब्वाइजमा आयुशमान हजुर घले र गल्र्समा सुनिरा थापा तथा यू–१२ ब्वाइजमा आरभसम्राट हाडा र गल्र्समा अजा रेग्मीले उपाधि जितेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?