कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चेन्नाईलाई आईपीएल उपाधि

फाइनलमा वाट्सनको शतक
एजेन्सी

मुम्बई — सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को उपाधि जितेको छ ।

चेन्नाईलाई आईपीएल उपाधि

मुम्बईस्थित वान्खेडे रंगशालामा हैदराबादले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य चेन्नाईले १९ औं ओभरमा २ विकेट गुमाउँदै प्राप्त गर्‍यो । चेन्नाईका लागि ओपनर सेन वाट्सनले शतक प्रहार गरे ।

फाफ डु प्लेसिसलाई १० रनमा गुमाएको चेन्नाईका लागि वाट्सन र सुरेश रैनाले बलियो साझेदारी गरेर जितको आधार तयार पारेका थिए । दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गर्ने क्रममा रैनाले २४ बलमा ३२ रनको योगदान दिए । वाट्सनले ५७ बलको सामना गर्दै ११ चौका र ८ छक्का मदतले नटआउट १ सय १७ रन जोडे । अम्बाटी रायडु २१ रनमा नटआउट रहे ।

त्यसअघि हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन जोडेको थियो । ओपनर श्रीभत्स गोश्वामी ५ रनमै पेभेलियन फर्किए पनि शिखर धवन र केन विलियमसनले इनिङ्स उकासे । धवनले २६ तथा विलियमसनले ४७ रनको योगदान दिए । सकिब अल हसनले १५ बलमा २३ रन जोड्दा कार्लोस ब्रेथवेटले २१ रन बनाए । युसुफ पठानले २५ बलमा ४ चौका र २ छक्का मदतले नटआउट ४५ रन जोडेपछि हैदराबादले ठूलो स्कोर खडा गरेको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?