१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एएफसी महिला यू–१६ छनोट नेपालमा

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर १५ देखि २३ सम्म हुने एएफसी यू–१६ वुमन्स च्याम्पियनसिपको समूह ‘ई’ का छनोट खेल आयोजना गर्ने भएको छ ।

एएफसी महिला यू–१६ छनोट नेपालमा

नेपालले पहिलोपल्ट महिलाको उमेर समूहमा यू–१४ उमेर समूहमाथिको प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

एएफसीले बुधबार जारी गरेको समूह विभाजनअनुसार नेपालको समूहमा फिलिपिन्स, म्यानमार, मलेसिया र सिरिया छन् । यसैगरी बुधबारै सार्वजनिक एएफसी यू–१९ वुमन्स च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । अक्टोबरमा हुने प्रतियोगितामा नेपालसँगै समूहमा आयोजक थाइल्यान्ड, भारत, पाकिस्तान र सिंगापुर छन् ।

प्रकाशित : जेष्ठ १७, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?