कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतीय प्रो कबड्डी: नेपालका सञ्जय पुनेरी पल्टनमा

काठमाडौँ — नेपाली खेलाडी सञ्जय श्रेष्ठले भारतको व्यावसायिक कबड्डी लिगमा अर्को सिजन पुनेरी पल्टनबाट खेल्ने भएका छन् ।

भारतीय प्रो कबड्डी: नेपालका सञ्जय पुनेरी पल्टनमा

प्रो कबड्डीका लागि बुधबार मुम्बईमा भएको अक्सनमा सञ्जयलाई पुनेरी पल्टनले न्युनतम रकम ८ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । धनुषास्थित महेन्द्रनगर सखुवाका ३५ वर्षे सञ्जय नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान हुन् ।

प्रो कबड्डीको छैटौं संस्करणसम्म आइपुग्दा सञ्जय पहिलो संस्करणदेखि नै यस लिगमा सहभागी हुँदै आएका छन् । पहिलो तीन संस्करण जयपुरबाट खेलेका उनले दुई संस्करण बैंग्लोरबाट खेलेका थिए । नेपालबाट अर्का खेलाडी लालमोहर यादव पनि अक्सनमा सहभागी थिए । यद्यपि उनीमाथि अक्सनमा कुनै टोलीले बोली लगाएनन् ।

प्रो कबड्डी लिगमा १२ टोली सहभागी छन् । पछिल्लो सिजन पटना पाइरेट्सले फाइनलमा गुजरात फर्चुन जायन्ट्सलाई हराउँदै तेस्रोपल्ट उपाधि जितेको थियो । यस सिजन सञ्जयले खेल्ने पुनेरी पल्टन गत सिजन चौथो स्थानमा थियो ।

प्रकाशित : जेष्ठ १७, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?