कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मेसीको ह्याट्रिक

बीबीसी

ब्युनस आयर्स — लियोनल मेसीले विश्वकपको तयारीमा मंगलबार हाइटीविरुद्ध ह्याट्रिक गरेपछि ‘आशासहित रुस’ जाने बताएका छन् ।

मेसीको ह्याट्रिक

फिफा वरीयतामा १ सय ८ औं स्थानमा रहेको टिमविरुद्ध मैत्रीपूण खेलमा अर्जेन्टिनाले ४–० को जित निकाल्यो । त्यसमा बार्सिलोनाका ३० वर्षीय स्टार मेसीले म्यानचेस्टर सिटीका सर्जियो अगुइरोका लागि पनि गोल अवसर सिर्जना गराइदिएका थिए । अगुइरोले बेन्चमा रहेर खेल सुरु गरेका थिए । अग्रपंक्तिमा मेसीसँगै गोन्जालो हिगुइन र एन्जेल डी मारिया खेलेका थिए ।

‘हामी फेवरेट टिमका रूपमा जाने छैनौं तर सबै कुरा दिनेछौं,’ मेसीले भने । उनले पेनाल्टीमार्फत् १७ औं मिनेटमा गोलको खाता खोलेका थिए । दोस्रो हाफमा दुई गोल गरेपछि उनले अगुइरोका लागि अवसर मिलाइदिएका थिए । अगुइरो घुँडाको चोटमुक्त भई फर्किएका हुन् ।

अर्जेन्टिनाले विश्वकपमा आइसल्यान्ड, क्रोएसिया र नाइजेरियासँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।

विश्वकपको अर्को तयारी खेलमा पेरुले स्कटल्यान्डलाई २–० ले हरायो । स्कटिस गोलकिपर जोर्डन आर्चरको डेब्यूमा क्रिस्टियन कुएभा र जेफरसन फारफनले गोल गरे ।

त्यस्तै, विश्वकप खेल्ने तयारीमा रहेको पानामाले घरेलु मैदानमा उत्तरी आयरल्यान्डसँग गोलरहित बराबरी नतिजा निकाल्यो ।

प्रकाशित : जेष्ठ १७, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?