३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

राष्ट्रिय महिला ह्याण्ड बलको फाइलनमा सशस्त्र र आर्मी

सन्तोष सिंह

धनुषा — जनकपुरमा जारी प्रथम मिनी गिरी राष्ट्रिय महिला ह्याण्ड बल प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी र त्रिभुवन आर्मीले प्रवेश गरेको छ ।

राष्ट्रिय महिला ह्याण्ड बलको फाइलनमा सशस्त्र र आर्मी

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीले पोखरालाई २४–२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गरेकी सशस्त्र प्रहरीकी पारवती चौधरी वेष्ट प्लेयर चुनिए ।


दोश्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले उदयपुरलाई ३२–४ गोल अन्तरले पराजित गर्दै फाइलनमा प्रवेश गरेको हो । दोश्रो सेमिफाइलनमा उत्कृष्ट प्रदर्शन गरेकी आर्मीकी शान्तिकला राई वेष्ट प्लेयर चुनिए ।


शनिबार उपाधिका लागि फाइनल खेल हुनेछ । सेमिफाइनलमा पराजित भएका उदयपुर र पोखरा तेश्रो स्थानकालागि शुक्रबार बिहान प्रतिस्पर्धा गर्नेछन् ।


धनुषा जिल्ला ह्याण्ड बल संघको आयोजनामा भइरहेको प्रतियोगिताका विजेतालाई नगद ५१ हजार, उपविजेतालाई ३१ हजार र तेश्रो स्थान प्राप्त गर्नेलाई २१ हजार नगद पुरस्कार राखिएको संघका अध्यक्ष विमलेश सिंहले बताए ।


प्रतियोगितामा ८ टिम सहभागी भएका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?