हेटौंडाका कृष्ण थापा राष्ट्रिय वुद्धिचाल च्याम्पियन

पर्वत पोर्तेल

काँकडभिट्टा — हेटौ‌ंडाका कृष्ण थापा पीवी थापा स्मृति राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । 

हेटौंडाका कृष्ण थापा राष्ट्रिय वुद्धिचाल च्याम्पियन

नाइट चेस क्लब काँकडभिट्टाले आयोजना गरेको प्रतियोगितामा थापाले आठाैं चरणमा पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेट माष्टर नवीन तन्डुकारलाई र नबौ चरणमा झापाका प्रकाश नेपाललाई पराजित गर्दै साढे ७ अंक बटुलेर पहिलो बनेका थिए ।


उपाधिसंगै उनले नगद ५० हजार पाए । उनी तीन वर्ष अघि रसियन कल्चरले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन बनेका थिए ।


ललितपुरका राजन पुरी ७ अंकसाथ दोस्रो भए । उनले ३० हजार प्राप्त गरे । दमकका राजन सुवेदी, भुपेन्द्र निरौला र सुमन श्रेष्ठ समान ७/७ अंकका साथ तेस्रो, चौथो र पाँचौ स्थान लिदै क्रमश: २० हजार, १५ हजार र १० हजार जिते ।


दमकका प्रकाश नेपाल साढे ६ अंकका साथ छैठौ बने । उनले ८ हजार पाए । वद्रीलाल नेपाली (ललितपुर) र विश्वविजय घिमिरे (मेचीनगर) ले समान साढे ६ अंक पाए । उनीहरुले क्रमश: ७ हजार र ६ हजार नगद पाए ।


पूर्व नेपाल च्याम्पियन सुरवीर लामा (काठमाडौ), फिडे माष्टर मनिष हमाल (काठमाडौ), मनिराज डागी (काठमाडौ), फिडे माष्टर विलमलाल श्रेष्ठ (काठमाडौ), ज्याला इम्वुङ (झापा), नवीन तन्डडुकार (काठमाडौ) र उमेर राई (झापा) ६/६ अंक साथ ‘टप १५’ मा समेटिए ।


प्रतियोगिताका विजेतालाई नेपाल वुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठ, टाइटल स्पोन्सर अनिता थापा, नाइट चेस क्लवका अध्यक्ष कृष्णकान्त खनियालगायतले पुरस्कार वितरण गरे । जेठ १२ गतेदेखि सुरु प्रतियोगितामा देशभरका १ सय २० वढी खेलाडी सहभागी थिए ।

प्रकाशित : जेष्ठ १७, २०७५ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?