जिदानद्वारा रियल म्याड्रिड छोड्ने निर्णय

रासस/एएफपी

म्याड्रिड, स्पेन — रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार आफूले स्पेनी प्रसिद्ध क्लब रियल म्याड्रिडबाट विदा लिने निर्णय गरेका छन् । 

जिदानद्वारा रियल म्याड्रिड छोड्ने निर्णय

रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेको पाँच दिनपछि क्लबबाट विदा लिन लागेको घोषणा गरेका हुन् । उनको नेतृत्वमा रियल म्याड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जितेको हो ।

एक्कासी गरिएको प्रेस सम्मेलनमा उनले भने , 'मैले रियल म्याड्रिडको प्रशिक्षकका रूपमा अर्को वर्ष निरन्तरता नदिने निर्णय लिएको छु । तीन वर्षपछि मैले अर्को बाटो अर्थात् काम गर्ने अर्को शैली अपनाउनुपर्छ ।'


क्लबले पनि आफ्नो स्तरीय प्रदर्शनका लागि नयाँ रणनीति अपनाउनु पर्छ । यो फरक व्यक्तिको प्रयासबाट सम्भव हुनेछ ।


सम्मेलनमा उनले प्रशिक्षणका लागि तत्काल अर्को फुटबल समूह नखोजेको प्रतिक्रिया दिए ।

प्रकाशित : जेष्ठ १७, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?