एपीएफ र आर्मी ह्यान्डबल फाइनलमा

धनुषा — जनकपुरमा जारी प्रथम मिनी गिरी राष्ट्रिय महिला ह्यान्डबल प्रतियोगिताको फाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ क्लब भिड्ने भएका छन् ।

एपीएफ र आर्मी ह्यान्डबल फाइनलमा

बिहीबार सेमिफाइनलमा एपीएफले पोखरालाई २४–२ गोलले पराजित गरेको छ । उत्कृष्ट खेल प्रदर्शन गरेकी एपीएफकी पार्वती चौधरी वेस्ट प्लेयर घोषित भइन् । अर्को सेमिफाइनलमा आर्मीले उदयपुरलाई ३२–४ को फराकिलो गोलअन्तरले पराजित गरिन् । आर्मीकी शान्तिकला राई वेस्ट प्लेयर चुनिइन् । उदयपुर र पोखराबीच तेस्रो स्थानका लागि शुक्रबार बिहान प्रतिस्पर्धा हुने आयोजक धनुषा ह्यान्डबल संघका अध्यक्ष विमलेश सिंहले बताए । फाइनल पनि शुक्रबार हुनेछ । विजेताले ५१ हजार, उपविजेताले ३१ हजार र तेस्रो हुनेले २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : जेष्ठ १८, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?