कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आर्मीको जित यात्रा

काठमाडौँ — विभागीय टोलीको जितको सिलसिला कायम राख्दै त्रिभुवन आर्मी क्लबले एक्सेल्सिया दोस्रो प्रधानमन्त्री कप क्रिकेटमा बिहीबार सुखद सुरुआत गरेको छ । प्रतियोगिताको पहिलो खेल खेलिरहेको आर्मीले प्रदेश २ लाई ५५ रनले हरायो ।

आर्मीको जित यात्रा

टस जितेर ब्याटिङ रोजेको आर्मीले इनिङ्सको ३ बल बाँकी छँदा २ सय ४४ रन जोड्दै सबै विकेट गुमायो । ओपनर सागर पुनलाई ८ रनमा गुमाए पनि कप्तान विनोद भण्डारीले आक्रामक २३ रन प्रहार गरेर रनको गति रोक्न दिएनन् । रशिद खानको बलमा क्याचआउट हुनुअघि उनले १६ बलमा २३ रन जोडे । त्यसपछि अर्का ओपनर अनिल मण्डल र राजु रिजालले तेस्रो विकेटमा ५५ रनको साझेदारी गर्दै इनिङ्स अगाडि बढाए । अनिलले ३५ रन जोड्दै शम्साद शेखलाई क्याच फर्काए । त्यसको दुई बलपछि नरेश बुढाएर शम्सादकै बलमा शून्यमै बोल्ड भए ।


राजु अर्धशतक बनाएलगत्तै ५० रनमा पेभेलियन फर्केपछि राजेश पुलामी मगरले ४० रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गरे । सोमपाल कामीले अन्त्यतिर आक्रामक ब्याटिङ गरेपछि आर्मीले बलियो स्कोर खडा गरेको हो । सोमपालले २८ बल खेल्दै ३ चौका र १ छक्का मदतमा ४१ रन बनाए । भीम सार्कीले १५ तथा सुसन भारीले १२ रनको योगदान दिए । प्रदेश २ का दिवांशु मलिकले ३ विकेट हात पार्दा रशिद, शम्साद र महबुब आलमले २–२ विकेट बाँडे ।


जवाफमा वर्षाले प्रभावित दोस्रो इनिङ्समा प्रदेश २ का मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर खेल्न नसक्दा नतिजा आर्मीलाई सुम्पन पुग्यो । वर्षाका कारण प्रदेश २ ले ४० ओभरमा २ सय ३८ रनको लक्ष्य पाएको थियो । पहिलो विकेटका रूपमा कुन्दन सिंहलाई शून्यमै गुमाएको प्रदेश २ ले हरिशंकर साह र हसिम अन्सारीको साझेदारीले सुदृढ स्थितिमा पुगेको थियो । ११ ओभर समाप्तिमा ७१–१ को बलियो स्थितिमा रहेको प्रदेश २ आर्मीको स्पिनको जालोमा परेपछि २७ औं ओभरमा १०९–८ को स्थितिमा पुग्यो । हरिशंकर ३४ र हसिम २८ रन जोड्दै पेभेलियन फर्केपछि प्रदेश २ ले लगातार विकेट गुमायो ।


नवौं विकेटमा रशिद र सुरज पटेलले ४३ रनको साझेदारी गर्दै हारअन्तर घटाए । रशिदले ४० बलमा ३ चौका र १ छक्का मदतले ३४ रन जोडे । सुरजले नटआउट ४८ रन जोडेपछि प्रदेश २ ले ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन जोड्यो । उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे । आर्मीबाट सोमपाल कामीले ३ विकेट लिँदै म्यान अफ द म्याच प्राप्त गरे । सुसन, शाहब आलम र सागरले २–२ विकेट बाँडे ।

आजका खेल
आर्मीविरुद्ध प्रदेश १
कीर्तिपुर
प्रदेश ६ विरुद्ध पुलिस
मुलपानी

प्रकाशित : जेष्ठ १८, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?