वेस्ट इन्डिजद्वारा विश्व–११ पराजित

लन्डन — वेस्ट इन्डिजले लर्डसमा बिहीबार राति भएको मैत्रीपूर्ण ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालका सन्दीप लामिछाने सम्मिलित विश्व–११ लाई ७२ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटमा १ सय ९९ रन बनाएकाे थियो ।

वेस्ट इन्डिजद्वारा विश्व–११ पराजित

जवाफमा विश्व–११ टिम १ सय २७ रन मात्र बनाएर अलआउट भयो । सन्दीपले एक ओभर मात्र बलिङ गरे र त्यसमा बिना कुनै विकेट १२ रन खर्चे । ब्याटिङतर्फ उनले ७ बलमा ४ रन बनाए ।

गत वर्ष आएको समुद्री अाँधी 'इर्मा' र 'मारिआ' ले डोमिनिकाको विन्डसोर पार्क रंगशाला र एंगुलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला भत्काएको कारण त्यसको पुर्ननिर्माणका लागि आर्थिक संकलन गर्न यो खेल आयोजना गरिएको हो ।

प्रकाशित : जेष्ठ १८, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?