३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपाल आईसीसीको वान डे वरीयतामा समावेश

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईलाई वान डे वरीयतामा समावेश गर्ने शुक्रबार निर्णय गरेको छ । नेपालले अहिलेसम्म औपचारिक रूपमा वान डे खेलेको छैन ।

नेपाल आईसीसीको वान डे वरीयतामा समावेश

यस्तोमा नेपालको अंक पनि शून्य छ । नेपालले वान डे खेलेपछि नेपालको नाम वरीयतामा अंकसहित चढ्ने छ ।

आईसीसीले प्रेस विज्ञप्ती जारी गर्दै यो वरीयता जुन १ बाट लागू हुने पनि जनाएको छ । यसअघि वरीयताका रहेका १२ टिमसँगै अब यसमा १५ टिम हुनेछन् ।

अहिले तत्काल वरीयतामा नेपाल अन्तिम स्थानमा छ । वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ । त्यसयता भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलिया छन् ।

त्यस पछाडि पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बावे, आइसल्यान्ड, स्कटल्यान्ड र यूएई छन् । आईसीसीका अनुसार अब नेपाल, स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईले एक आपसमा वान डे खेल्नेछन् ।

नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग क्वालिफायरमा एसोसियट देशमध्ये शीर्ष तीनमा रहेर वान डे मान्यता पाउन सफल भएको हो ।

प्रकाशित : जेष्ठ १८, २०७५ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?