कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मिनी गिरी महिला राष्ट्रिय ह्यान्डबलको उपाधि सशस्त्रलाई

सन्तोष सिंह

जनकपुर — प्रमथ मिनी गिरी महिला राष्ट्रिय ह्यान्डबलको उपाधि सशस्त्र प्रहरीको टीमले उचालेको छ । धनुषा ह्यान्डबल संघको आयोजनामा जनकपुरमा शुक्रबार भएको फाइनल खेलमा सशस्त्र टीम नेपाल आर्मीलाई ७ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हाे ।

मिनी गिरी महिला राष्ट्रिय ह्यान्डबलको उपाधि सशस्त्रलाई

सशस्त्रले आर्मीलाई २१–१४ गोल अन्तरले पराजित गरेको हो । प्रमथ मिनी गिरी महिला खुल्ला राष्ट्रिय ह्याण्डबलको उपाधि विजेता सशस्त्र प्रहरीले नगद ५१ हजार, मेडल र कप प्राप्त गरे ।


उपाधि विजेता सशस्त्रलाई समाजसेवी अनुराग गिरीले पुरस्कार र कप हस्तान्तरण गरेका थिए । उप विजेता त्रिभुवन आर्मीले नगद ३१ हजार र कप प्राप्त गरे ।

प्रकाशित : जेष्ठ १८, २०७५ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?