२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कान्जिरोबा र ल्याब फाइनलमा

काठमाडौँ — सेतीओपी अन्तरस्कुल फुटबल प्रतियोगिताको उपाधिका लागि ल्याबोरेटोरी र कान्जिरोबा स्कुल भिड्ने भएका छन् । 

कान्जिरोबा र ल्याब फाइनलमा

मोडर्न इन्डियन स्कुलको मैदानमा बिहीबार सेमिफाइनलमा ल्याबले पुष्पसदन स्कुलमाथि ३–२ को रोचक जित दर्ता गर्‍यो । एकतर्फी दोस्रो सेमिफाइनलमा कान्जिरोवाले कोलम्बसलाई ५–० ले हरायो ।


कोटेश्वर सेतीओपी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ । उत्कृष्ट खेलाडीले २० हजारबराबरको छात्रवृत्ति पाउनेछ ।

प्रकाशित : जेष्ठ २४, २०७५ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?