कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लालबन्दी गोल्डकप : एपीएफ विजयी

अमन कोइराला

सर्लाही — लालबन्दी गोल्डकप फुटबलको शुक्रबार विभागीय टोली एपीएफ क्लबले सिक्किम युनाइटेडलाई टाइब्रेकरमा ४–१ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

लालबन्दी गोल्डकप : एपीएफ विजयी

सिक्किमबाट नागेन तामाङले मात्र गोल गरे । सञ्जय क्षेत्रीको प्रहार पोलमा लाग्यो भने पासाङ लामाको प्रहार एपीएफका गोलकिपर राजु नगरकोटीले बचाएको थिए ।

खेलको सातौं मिनेटमा एपीएफका श्याम नेपालीले पेनाल्टी बक्स नजिक पाएको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै १३ औं मिनेटमा सिक्किमले गोल फर्कायो । कर्नर बलमा पासाङ लामाले गोल गर्दै खेल बराबरी गरे ।

एपीएफका प्रवीण स्याङतानले १५ औं मिनेटमा अर्को गोल गरेर टोलीलाई अग्रता दिलाए । पेनाल्टी बक्स नजिक सिक्किमका खेलाडीले बल क्लियर गर्न खोज्दा आफ्नो खुट्टामा आइपुगेको बललाई स्याङतानले सजिलै गोलमा परिणत गरे ।


खेल बराबरीमा ल्याउन सिक्किमका खेलाडीले निकै मिहिनेत गरे । २७ औं मिनेटमा मध्यभागबाट अघि बढाएको बलमा सिक्किमका नागेन तामाङले गोल गरेर बराबरीमा ल्याए । मध्यान्तरअघि दुवै टिमले थप गोल गर्न सकेन । दोस्रो हाफको १५ मिनेटपछि भने सिक्किमले लगातार पेलेर एपीएफलाई रक्षात्मक अवस्थामा खुम्च्याएको थियो । सिक्किमले दोस्रो हाफमा पाँचपल्ट गोल गर्ने राम्रो प्रयास गरेपनि असफल भयो ।


एपीएफका गोलकिपर राजु नगरकोटी म्यान अफ द म्याच घोषित भए । शनिबार रमपम झापा ११ र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ २५, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?