कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

झापालाई सफलता

अमन कोइराला

सर्लाही — लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा रमपम झापा ११ ले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ ।

झापालाई सफलता

सुरुआती अग्रता भने जावलाखेलले लिएको थियो । खेलको दोस्रो मिनेटमै जावलाखेलका तीर्थ बस्नेतले गोल गरेर टोलीलाई अग्रता दिलाए । जावलाखेलले पेलेर खेल्दै विपक्षीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । तर ३४ औं मिनेटमा मध्यभागबाट लगेको बलमा झापाका पुष्प मादेनले गोल गरेर खेल बराबरीमा ल्याए । मध्यान्तरसम्म दुवै टोलीको थप गोल गर्ने प्रयास सफल भएन ।

मध्यान्तरपछि जावलाखेलका खेलाडी आक्रामक खेल्ने रणनीतिमा रहे । रक्षापंक्तिलाई कमजोर बनाएर भए पनि जावलाखेल जितका लागि आक्रामक खेल्न पुगेको थियो । झापाका खेलाडीले पनि जितका लागि निरन्तर दबाब कायम राखे । दोस्रो हाफको ३६ औं मिनेटमा पेनाल्टी बक्सनजिकै जावलाखेलका खेलाडीले गरेको फाउलमा प्राप्त फ्रिकिक झापाका लागि सुनौलो अवसर बन्यो । झापाका हेमन्त थापा मगरले फ्रिकिक प्रहारमा पूजन उपरकोटीले गोल गर्दै टिमको जित सुनिश्चित बनाए । थोरै समय बाँकी भएकाले जावलाखेलको गोल प्रयास सफल हुन सकेन ।

जावलाखेलले आयोजक सर्लाहीलाई हराएको थियो । जावलाखेलले आयोजकलाई हराएका कारण घरेलु दर्शक झापाको पक्षमा थिए । झापाका कप्तान देवेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भए । गर्मीका कारण खेलाडीलाई कुलिङ ब्रेक दिइएको थियो । शनिबारको तापक्रम ३४ डिग्रीभन्दा माथि थियो । आइतबार हेटौंडा र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ २७, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?