२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जनप्रेमीमा वर्ल्डकप फिभर

काठमाडौँ — विश्वकप फुटबल उद्घाटनको दिन पारेर भक्तपुरको जनप्रेमी स्कुलले 'वर्ल्डकप फिभर' प्रतियोगिताको आयोजना गरेको छ । बिहीबार दिउँसो स्कुलको प्रांगणमा विद्यार्थीलाई खेल भावना जगाउन र फुटबलको ज्ञान सिकाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । 

जनप्रेमीमा वर्ल्डकप फिभर

६ देखि १० कक्षासम्म अध्ययनरत छात्र तथा छात्राले उक्त प्रतियोगितामा भाग लिएका थिए । ब्राजिल, जर्मनी, पोर्चुगल र अर्जेन्टिनाका समर्थक विद्यार्थीको समूह बनाएर खेल खेलाइएको थियो । १० समूहका विद्यार्थीले भाग लिएका उक्त प्रतियोगितामा ब्राजिलका समर्थक समूहले खेल जित्यो भने पोर्चुगलका समर्थक विद्यार्थीको समूह दोस्रो भयो ।


जम्मा ७/७ मिनेट खेलाइएको उक्त प्रतियोगितामा लिग, सेमिफाइनल र फाइनल खेलाइएको थियो । फाइनलपछि विजेता ब्राजिलका समर्थक समूहका कप्तान कक्षा १० मा अध्ययनरत राजीवजंग कार्कीले रमाइलो लागेको प्रतिक्रिया दिए । उनले भने, 'हामी आफैंले विश्वकप खेले जस्तो लाग्यो । यस्ता खेलले विद्यार्थीलाई खेलमा झुकाव बढाउँछ । हामीलाई फुटबल खेल झन् लोकप्रिय लागेको छ ।'


७ जनाको समूह बनाइएको उक्त प्रतियोगितामा ५/५ जना विदर्यार्थीले मात्रै मैदानमा खेलेका थिए । प्रतियोगितामा विजेतालाई प्रोत्साहन पुरस्कार स्वरुप वर्ल्डकपको प्रतिमूर्ति दिइएको थियो । ४/४ वर्षमा हुने विश्वकप फुटबलबारे विद्यार्थीलाई जानकारी दिन र फुटबल खेलप्रति विद्यालय तहदेखि नै लगाव बढोस भने प्रतियोगिताको आयोजना गरिएको स्कुलका प्रिन्सिपल निलेश आचार्यले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?