कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

थ्रीस्टारमाथि एपीएफको जित

लालबन्दी गोल्डकप
अमन कोइराला

सर्लाही — लालबन्दी गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४–३ ले हराउँदै एपीएफ क्लब उपाधि नजिक पुगेको छ । पहिलो हाफको नवौं मिनेटमा एपीएफका श्याम नेपालीले हानेको फ्रि–किकमा रुपबहादुर लामाले हेडबाट गोल गरेका थिए ।

थ्रीस्टारमाथि एपीएफको जित

पहिलो गोलसँगै तीव्र गतिमा खेल्दै एपीएफले सिर्जना गरेको थियो । १४ औं मिनेटमा पेनाल्टी बक्स नजिक गोलकिपरको हातबाट फुस्केको बललाई कभर गर्दै रुपबहादुरको पासमा नवीन लामाले गोल गरेर अग्रता दोब्बर बनाए ।

दुई गोल खाएपछि दबाबमा थ्रीस्टारले आक्रामक खेल सुरु गरेको थियो । २३ औं मिनेटमा थ्रीस्टारका रन्जन विष्टको पासमा अजायी मार्टिनले पेनाल्टी बक्स नजिकैबाट हानेको प्रहार गोलमा परिणत भयो । मार्टिनले गरेको सुन्दर गोलसँगै थ्रीस्टारको मनोबल बढेको थियो ।

मध्यान्तरअघिको तीन मिनेट इन्ज्युरी टाइममा मार्टिनले रन्जनको पासमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ बराबर भएपछि दोस्रो हाफमा दुवै आक्रामक रणनीति लिएर मैदान उत्रिएका थिए । पहिलो मिनेटमै एपीएफका प्रवीण स्याङ्तानको पासमा युवराज खड्काले गोल गरेरलाई फेरि अग्रता दिलाए । ३१ औं मिनेटमा रामकुमार कुमालको पासमा प्रवीणले व्यक्तिगत दोस्रो गोल थप्दै जित सुनिश्चित पारेका थिए । त्यसको ६ मिनेटपछि थ्रीस्टारका बुद्ध चेम्जोङले लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भयो । थ्रीस्टारले बाँकी ७ मिनेटमा प्राप्त अवसर गुमाएपछि खेल एपीएफको पक्षमा ४–३ ले टुंगियो ।

एपीएफका नवीन लामा म्यान अफ द म्याच घोषित भए । एपीएफले शनिबार फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

प्रकाशित : असार १, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?