लालीगुराँस र एचएचसीए च्याम्पियन

काठमाडौँ — आयोजक लालीगुराँस नेसनल एकेडेमी र एचएचसीएले चौथो लालीगुराास अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा एचएचसीए सिनियर गल्र्समा च्याम्पियन बनेका छन् ।

लालीगुराँस र एचएचसीए च्याम्पियन

जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले महामञ्जुश्रीलाई ३७–३३ ले पराजित गर्‍यो । लालीगुराँसको जितमा प्रिन्स केसीले १५ अंक योगदान गरे । ईडेन ब्रिज एकेडेमीले तेश्रो स्थानमा चित्त बुझायो ।


सिनियर गल्र्सको उपाधि भिडन्तमा एचएचसीएले ग्रिनल्यान्डलाई २६–२० ले हरायो । एचएचसीएकी अनिता सुनुवारले १५ अंक जाडिन् । महामञ्जुश्री तेश्रो भयो ।

ब्वाइजमा लालीगुराँसका दिपेश क्षेत्री तथा गल्र्समा एचएचसीएकी अनिता सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा बूढानीलकण्ठ तथा गल्र्समा फ्लोरोसेन्टले अनुशासित टिमको उपाधि हात पारे ।


विजेतालाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ, लालीगुराँसका चेयरम्यान लोकबहादुर पुन र प्रिन्सिपल गोपाल बुढाथोकीले पुरस्कार वितरण गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा ८ टिम सहभागी थिए ।


प्रकाशित : असार ५, २०७५ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?