खेलकुद
असार ७, २०७५

डेनमार्कलाई महत्त्वपूर्ण अंक

अस्ट्रेलियाका कप्तान मिले येडिनाकले लगातार दोस्रो पटक भारको सहयोगमा पेनाल्टीबाट गोल गरेपछि उनको टोलीले बिहीबार विश्वकप खेलमा डेनमार्कलाई १–१ को बराबरीमा रोकेको छ । तर अस्ट्रेलियाको यसले अन्तिम १६ मा पुग्ने सम्भावनालाई पातलो बनाएको छ । 

फुटबलको प्रारम्भिक छनोट

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले साफ च्याम्पियनसिप र एसियाडका लागि ३३ सदस्यीय टोलीे घोषणा गरेका छन् । अगस्ट महिनामा इन्डोनेसियामा हुने एसियाडमा यू–२३ टोलीको सहभागिता रहनेछ ।

एमसीसी कप्तानमा जयवर्द्धने

श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्द्धनेले नेपाल र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक वान–डे शृंखलामा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को कप्तानी गर्ने भएका छन् ।

खेलकुद गीत आउँदै

डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले ओलम्पिक डे (जुन २३) का अवसरमा खेलकुद गीत सार्वजनिक गर्ने भएको छ । खेलकुदप्रति जागरण र अभिरुचि बढाउन खेलसम्बन्धी गीत तयार गरेको फाउन्डेनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले जानकारी गराए ।

असार ६, २०७५

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

विश्वकप २०१८ मा क्रिस्टियानो रोनाल्डोले आफ्नो लय कायम राख्दै गोल गरेपछि पोर्चुगलले बुधबार मोरक्कोलाई १–० ले हराएको छ । हारसँगै मोरेक्को विश्वकपबाट बाहिरिने पहिलो टिम पनि भएको छ ।

असार ५, २०७५

जापानलाई ठूलो सफलता

युया ओसाकोले खेलको अन्तिम समयमा गोल गरेपछि जापानले दक्षिण अमेरिकी राष्ट्र कोलम्बियालाई समूह ‘एच’ को खेलमा मंगलबार २–१ ले पराजित गरेको छ । यो जितसँगै जापान कुनै पनि दक्षिण अमेरिकी राष्ट्रलाई हराउने पहिलो एसियाली राष्ट्र बन्यो ।

लालीगुराँस र एचएचसीए च्याम्पियन

आयोजक लालीगुराँस नेसनल एकेडेमी र एचएचसीएले चौथो लालीगुराास अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा एचएचसीए सिनियर गल्र्समा च्याम्पियन बनेका छन् ।

ADVERTISEMENT

लर्डबुद्ध र बिगथ्री च्याम्पियन

लर्डबुद्ध र बिगथ्रीले पाँचौं साइपाल थ्री अन थ्री बास्केटबलको उपाधि जितेका छन् । लर्डबुद्ध ब्वाइज र बिगथ्री गल्र्समा च्याम्पियन बने । ब्वाइज फाइनलमा लर्डबुद्धले ग्रेटमायालाई १५–१४ स्कोरले हरायो ।