कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

खेलकुद गीत आउँदै

काठमाडौँ — डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले ओलम्पिक डे (जुन २३) का अवसरमा खेलकुद गीत सार्वजनिक गर्ने भएको छ । खेलकुदप्रति जागरण र अभिरुचि बढाउन खेलसम्बन्धी गीत तयार गरेको फाउन्डेनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले जानकारी गराए ।

खेलकुद गीत आउँदै

उनले खेलकुदको विषयवस्तु बनाएर रचिएका गीत नगण्य रहेकाले नेपाली खेलाडीसहित सर्वसाधारणलाई खेलकुदप्रति लगाव बढाउन यो गीत महत्त्वपूर्ण हुने अपेक्षा व्यक्त गरे । यही असार ९ गते एक कार्यक्रमबीच उक्त गीतको सार्वजनिक गरिनेछ । गीतको बोल ‘मेचीदेखि कालीसम्म खेलमैदान हाम्रो, उदास उदास बस्नुभन्दा खेल्नु धेरै राम्रो’, ‘मनमस्तिष्क शरीरको उत्तम माध्यम खेल हो, खेलबाहिर बस्नु झेल हो’ भन्ने रहेका छन् ।

अध्यक्ष डा. श्रेष्ठले आफू खेलाडी हुँदाको अनुभव सुनाउँदै संगीतको माध्यमले खेलाडी र खेलप्रेमीलाई ऊर्जा थप्ने बताए । उनीसहित कुलबहादुर खड्काले गीत रचना गरेका छन् । त्यसमा संगीतकार आभाष, महेश खड्का र शुभबहादुर सुनामले संगीत भरेका छन् ।

प्रकाशित : असार ७, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?