एमसीसी कप्तानमा जयवर्द्धने

काठमाडौँ — श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्द्धनेले नेपाल र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक वान–डे शृंखलामा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को कप्तानी गर्ने भएका छन् ।

एमसीसी कप्तानमा जयवर्द्धने

क्रिकेटको ‘मक्का’ मानिएका लर्डसमा उक्त खेल जुलाई २९ मा हुँदै छ । तीन टोलीले एकापसमा टान्टी–२० खेल खेल्ने छन् ।

जयवर्द्धनेलाई श्रीलंकाका उत्कृष्ट ब्याट्सम्यान मानिन्छ । उनी श्रीलंकाबाट टेस्ट, वान–डे र टान्टी–२० गरी तीनै संरचनामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । सन् २००२ र २००६ मा लर्डसमा शतक बनाइसकेका जयवद्र्धने २०१५ मा एमसीसीको आजीवन सदस्य बनेका थिए ।

श्रीलंकाबाट १ सय ४९ टेस्ट खेल्नेक्रममा ४९.८४ को औसतमा झन्डै १२ हजार रन बनाएका जयवर्द्धनेले ४ सय ४८ वान–डे अन्तर्राष्ट्रियमा १२ हजार ६ सय ५० रन बनाएका छन् । उनले ५५ टान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार ४ सय ९३ रन बनाएका छन् । यी तीन संरचनामा गरी उनको नाममा ५४ शतक रहेको छ । उनले इंग्ल्यान्डमा समरसेट र ससेक्सबाट घरेलु टान्टी–२० खेलिरहेका छन् ।

एमसीसीको टोलीमा स्कटल्यान्डका डिलन बुज, एलास्डाएर इभान्स र मार्क वाट गरी तीन खेलाडी हुनेछन् । यी तीनै खेलाडी स्कटल्यान्डले यसै महिना इडेनबर्गमा इंग्ल्यान्डमाथि वान–डे अन्तर्राष्ट्रिय विजय हात पार्दा खेलेका थिए ।

प्रकाशित : असार ७, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?