कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेनमार्कलाई महत्त्वपूर्ण अंक

एएफपी

सामारा — अस्ट्रेलियाका कप्तान मिले येडिनाकले लगातार दोस्रो पटक भारको सहयोगमा पेनाल्टीबाट गोल गरेपछि उनको टोलीले बिहीबार विश्वकप खेलमा डेनमार्कलाई १–१ को बराबरीमा रोकेको छ । तर अस्ट्रेलियाको यसले अन्तिम १६ मा पुग्ने सम्भावनालाई पातलो बनाएको छ । 

डेनमार्कलाई महत्त्वपूर्ण अंक

बेर्ट भान मार्विज्कको टोली समूह ‘सी’ को पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित भएपछि सामारा आएको थियो । सातौं मिनेटमा डेनमार्कका क्रिस्टियन इरिकसनले उत्कृष्ट गोल गरे पनि अस्ट्रेलियाले राम्रो प्रतिउत्तर दिएको थियो । यद्यपि उनीहरूका लागि लेस्टर सिटीका गोलरक्षक कास्पर स्माइकल तगारो बन्दै आइरहेका थिए । खुला प्रहारमा स्माइकलविरुद्ध गोल गर्नु असम्भव जस्तै देखिएको थियो ।


यस नतिजापछि डेनमार्कको ४ अंक भएको छ । २ खेलबाट अस्ट्रेलियाको १ अंकमात्र छ । डेनमार्कले पहिलो खेलमा पेरुलाई १–० ले पराजित गरेको थियो ।


अस्ट्रेलियाले खेल नजिकिंदै गर्दा टोटेनहमका मिडफिल्डर इरिकसन आफ्नो टोलीलाई घातक हुनसक्ने खेलाडी भनेर पहिचान गरेको थियो । तिनै इरिकसनले निकालाई योर्गेन्सनको पासमा उत्कृष्ट गोल गरेका थिए । अस्ट्रेलियाले राम्रो जवाफ दिएको थियो । तर दुई खेलबाट १ अंकमात्र ल्याउँदा अस्ट्रेलियाको सम्भावना निकै कमजोर बनेको छ ।


इरिकसनको गोल अस्ट्रेलियाका लागि ठूलो धक्का थियो । तर कर्नरमा आएको बलमा हर्था बर्लिनका विङ्गर म्याथ्यु लेकीले गरेको हेड युसुफ पाउलसेनले हातले रोकेपछि अस्ट्रेलियाले नयाँ जीवनदान पायो । पाउलसेन तिनै खेलाडी हुन् जसको गोलमा डेनमार्कले पेरुमाथि विजय हात पारेको थियो । तर उनले हातले रोकेको बलमा रेफ्रीले भिडियो एसिसटेन्ट रेफ्री (भार) मार्फत पेनाल्टी दिएपछि येडिनाकले गोल गरेका थिए ।


फ्रान्ससँगको खेलमा पनि अस्ट्रेलियाले भारमार्फत पाएको पेनाल्टीलाई गोल गरेका येडिनाकले ३८ औं मिनेटमा अस्ट्रेलियालाई बराबरीमा ल्याएका थिए । लगातार दोस्रो खेलमा पहेंलो कार्ड पाएका कारण पाउलसेनले फ्रान्ससँगको खेल गुमाउनेछन् ।



प्रकाशित : असार ७, २०७५ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?