आर्मी समूहविजेता

काठमाडौँ — त्रिभुवन आर्मी क्लबको यू–१८ टोली तेस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार मच्छिन्द्र क्लबलाई ८–२ ले हराउँदै समूह ’ए’ को विजेता बन्न सफल भएको छ ।

आर्मी समूहविजेता

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन आर्मीको जितमा कप्तान दिनेश हेन्जन र दीपेश आलेमगरले ह्याट्रिक गरे । अन्य गोल सुनील श्रेष्ठ र अभिनाश मल्लको आत्मघाती भयो । मच्छिन्द्रका लागि शरद राई र पुकार खडकाले गोल गरे ।


अर्को खेलमा लुम्बिनी फुटबल क्लबले सरस्वती युवा क्लबलाई २–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गर्‍यो । चौथो मिनेटमा प्रिन्स गुरुङको गोलमा अग्रता लिएको लुम्बिनीले दोस्रो हाफमा अमृत गुरुङको गोलसँगै अग्रता दोब्बर पारेको थियो । जितपछि लुम्बिनीका प्रशिक्षक विकास गुरुङले खेलमा निकै अवसर सिर्जना गरे पनि दुई गोलमात्र सम्भव हुँदा नतिजा केही खल्लो भएको बताए । उनले आउने खेलमा प्रदर्शन अझै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : असार ८, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?