कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बास्केटबल टोली बंगलादेश प्रस्थान

काठमाडौँ — नेपाली सिनियर बास्केटबल टोली फिबा एसिया कप २०२१ का लागि हुने साबा प्रि क्वालिफायरमा सहभागी हुन शनिबार बंगलादेश प्रस्थान गर्ने भएको छ ।

बास्केटबल टोली बंगलादेश प्रस्थान

नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका शीर्ष दुई स्थान हात पार्ने टिमले डिभिजन–बी अन्तर्गतको क्वालिफायरमा स्थान बनाउनेछ । प्रतियोगितामा सहभागिता नजनाए फिबाले कारबाही गर्ने भएका कारण नेपाली टिमले सहभागिता जनाउन लागेको संघका महासचिव नरेन्द्र थापाले बताए ।

नेपाली टिमलाई कंगारु एजुकेसन कन्सलटेन्सी र आईएमएसले सहयोग गरेको छ । केही महिनाअघि सम्पन्न क्वीक्स बास्केटबल लिगमा खेलाडीले गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो । क्वीक्स बास्केटबल लिगमा उत्कृष्ट प्रदर्शन गरेका ३२ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएर तीन चरणमा अन्तिम टोली छनोट गरिएको हो ।

नेपाली टोली : सदिश प्रधान (कप्तान), सौरभ श्रेष्ठ, अजय कुशवाहा, विनोद महर्जन, दिवेश्वर शाह, राजीव जोशी, मविन्द्र भण्डारी, निश्चल महर्जन, मनेशराज राजोपाध्याय, मनीष केसी, विजय बुर्जा, आयुष सिंह ।
प्रशिक्षक : दिनेश नकर्मी

प्रकाशित : असार ९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?