१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जीएचसीए च्याम्पियन

काठमाडौँ — वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए) ले नेक्सस एकेडेमीमाथि ५ विकेटको जित हात पार्दै टी–२० सान यू–१६ क्रिकेट कपको उपाधि जितेको छ ।

जीएचसीए च्याम्पियन

उपाधिसँगै जीएचसीएले ३० हजार तथा दोस्रो भएको नेक्ससले २० हजार रुपैयाँ प्राप्त गरे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल वर्षाका कारण १० ओभरमा छोटयाइएको थियो ।

टस जितेर ब्याटिङ रोजको नेक्ससले ९.४ ओभरमा पूरै विकेट क्षतिमा ४४ रन जोड्यो । जीएचसीएका विवेक यादव र अभिषेक थापा २–२ विकेट तथा रामसुरत यादव, पीयूष केसी र विज्ञान गौतमले १–१ विकेट लिए । जवाफमा जीएचसीएले ९.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । विजेताका विवेकले १६ र अभिषेकले १५ रन जोडे । अलराउन्ड प्रदर्शन गरेका विवेक म्यान अफ द म्याच घोषित भए ।

चार खेलमा १ सय १५ रनसाथ ओएसिसका आइस भट्टराई उत्कृष्ट ब्याट्सम्यान, ३ खेलमा ९ विकेट लिएका एन्जल्स स्पोर्टसका किशोर बोगटी उत्कृष्ट बलर, इमर्जिङ खेलाडी बालुवाटार क्रिकेट क्लबका प्रतीक पण्डित र चार म्याचमा ६ विकेट ६४ रनका साथ ओएसिसका सचिन शर्मा म्यान अफ द सिरिज घोषित भए ।

प्रकाशित : असार १०, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?