अमृत र भावना विजेता

काठमाडौँ — अमृत थापामगर र भावना सुनुवारले राष्ट्रिय खुला स्क्वास प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् ।

अमृत र भावना विजेता

ओलम्पिक डेका अवसरमा भएको प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा अमृतले प्रवीणवीर कंसाकारलाई ११–५, ११–६, ११–९ को सोझो सेटमा हराए ।

अमिर ब्लोन र ज्ञानु चौधरी तेस्रो भए । शीर्ष तीन स्थानका विजेता खेलाडीले क्रमश: ६ हजार, ३ हजार ५ सय तथा २–२ हजार रुपैयाा पुरस्कार पाए । नेपाल स्क्वास र्‍याकेट्स संघद्वारा आयोजित स्पर्धाको महिला सिंगल्स फाइनलमा भावनाले विपना ब्लोनलाई ११–५, ११–७, ११–९ ले हराइन् । सपना ब्लोन र स्वास्थानी श्रेष्ठ तेस्रो भए ।

विजेताले ४ हजार, उपविजेताले २ हजार ५ सय र तेस्रोले १–१ हजार पुरस्कार पाए । मास्टर्स ५० वर्षमाथि सिंगल्स फाइनलमा सुदीपबहादुर सिंहले इन्द्रबहादुर कार्कीलाई ११–८, १४–१२, ११–३ को सोझो सेटमा हराए । अमरकेशर सिंह र महेन्द्र महर्जन तेस्रो बने ।

प्रकाशित : असार १०, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?